पूर्वराजाको बेमौसमी रहर

काठमाडौं, ५ कात्तिक । काठमाडौँ । नेपाली मात्रैको महत्वपूर्ण चाड तिहार २०७४ को भाईटीकाका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पुनः सिंहासनमा फर्कन जनताको साथ मागेका छन । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहेको अवस्थामा आफु मुलुकको नेतृत्व र जिम्मेवारी लिन तयार रहेको बताएर शासन सत्तामा आउने आदर्श ईच्छा व्यक्त गरेका छन । उनले मुलुक नेतृत्वविहीन भएको अवस्थामा जनताको इच्छा अनुसार मुलुकको नेतृत्व लिन आफु तयार रहेको बताए ।

शनिवार भाइटीकाको अवसरमा आफनी बहिनी शोभा शाहीको हातबाट १० बजेर ४५ मिनेटको राजपुरोहितले तोकेको साइतमा टीका ग्रहण गरेपश्चात सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै पूर्वराजा शाहले अहिलेको मुलुकको परिस्थितिलाई नियाल्ने हो भने मुलुक नेतृत्वविहीन बनेको टिप्पणी गरे । उनले जनताको चाहना र इच्छाका भरमा आफु मुलुकको नेतृत्व सम्हाल्न तयार भएको जनाए पनि यसलाई सक्रियताको रुपमा नहेर्न समेत आग्रह गरे ।

आफूले नेतृत्व लिने र दिने समय आएको कुरा उनले दोहोरयाएर भनेका छन । शोभागृहमा आमन्त्रीत पत्रकारलाई साक्षी राखेर उनले अहिलेको संविधान सर्वस्वीकार्य हन नसकेको पनि स्पष्ट शव्दमा भनेका छन ।

आधुनिक नेपालका एकीकरणकत्र्ता राजा पृथ्वी नारायण शाहका अन्तिम उत्तराधिकारी पूर्व महाराजाधिराज ज्ञानेन्द्रका पछिल्ला टिप्प्णीलाई सरसरर्ती हेर्दा अन्यथा मान्नुपर्ने कारणहरु छैन्न । स्वभाविक हो, देशमा राजनेताको खडेरी नै छ । बेथिति, भ्रष्टाचार र अराजनीतिक क्रियाकलाप लोकतन्त्रका नाममा बढेका छन । लोकतन्त्र वा गणतन्त्र नाममा रहे पनि व्यवहारमा लुटतन्त्र र गाणतन्त्र नै भएका छन । जनताले व्यवस्था परिवर्तन गरे जनताको अवस्था परिवर्तन नभएको साँच्चो सत्य तथ्य नै हो । जनआन्दोलन २०६३ को सफलतापछि देश व्यवस्था परिवर्तन मात्रै गर्न सफल तर जनताको सम्वृद्धि यात्रा तय गर्न बिफल भएको तथ्यमा पनि बिमति छैनन् ।

तर, के पूर्व महाराजाले भने जस्तै अब मुलुकको शासन र जिम्मेवारी लिन उनी मात्रै यी सबै समस्याका विकल्प हुन त ? यी प्रश्नहरु भने समयसापेक्ष छन की छैनन् ? पूर्वमहाराजालाई मुलुकको नेतृत्व आफूले लिने बेला आएको भन्ने लाग्नु व्यक्तिगत रुपमा स्वभाविक कुरा भए पनि परिस्थितिको माग हो की होईन, जनताको ईच्छा, रहर त्यो हो की होईन भन्ने नै महत्वपूर्ण सवाल हो ।

पूर्वराजा ज्ञानेन्द्रलाई मुलकको नेतृत्व लिने बेला आए जस्तो किन लाग्यो ? यो उनैले थप व्याख्या गर्ने मुद्धा हो । तर उनले नेतृत्व लिने बेला गएको वा बितिसकेको सत्य चाहि भुधरातलीय राजनीतिक यथार्थ हो । यसका केही आधार र कारणहरु पनि छन ।

पहिलो कुरा, जब जनआन्दोलन २०६३ सफल हुदै थियो, उनले जनताको नासो जनतालाई नै फित्र्ता गरेर आन्दोलनलाई कम क्षतीमा सिध्याईदिएका हुन । यो कुरा ठीक हो । तर त्यसपछि उनी तत्कालिन सात दल र राजनीतिक शक्तिसंग पानी बाराबारको संवन्धमा रहे । जब की उनले त्यही बेला सात दलका नेताहरु खासगरी सात दलका नेता स्व. गिरीजाप्रसाद कोईरालासँग विशेष वार्ता गरेर आफ्नो राजसंस्थाको हैसियतबारे स्पष्ट हुन सक्नुपर्ने थियो । उनले शासन सत्ता जनताका नाममा फिर्ता गरिदिएर मौन बसे । यसैबेला पहिलो समय घर्कीयो । किन भने उनी त्यतिबेलासम्म संविधानतः राजा नै थिए । राजाले आफ्नो हैसियत खोज्ने बेला उनी रहस्यमयी रुपमा मौन रहनु नै गलत थियो ।

दोस्रो, अन्तरिम संविधान कालमा स्व. गिरीजाप्रसाद कोईरालाले विराटनगर गएर वेवी किङको प्रस्ताव राखे । कोईरालाले माओवादीसँग मिलेर राजाको तत्कालिन निरंकुशता ढालेको भए पनि कुनै न कुनै रुपमा उनले राजसंस्थालाई स्थान दिन चाहेको तथ्य कोईरालाको वेवी किङको प्रस्तावमा थियो । तर त्यसबेला पनि ज्ञानेन्द्र शाहले कोईरालासँग संवाद र सहमतिको हात । दोस्रो बढाएनन् मौका ज्ञानेन्द्र शाहले त्यसैबेला गुमाए ।

तेस्रो, पहिलो संविधान सभाले २०६५ जेठ १५ मा देशलाई चोरबाटोबाटै संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । तर त्यसमा लुरुलुरु सहमति जनाए ज्ञानेन्द्र शाहले । मैले किन दरवार छोड्ने ? किन मेरो राजसंस्थाको हैसियत खोसियो ? म जनताको मतबाट हटाईने हो भने मान्छु नत्र मेरो स्पेश चाहिन्छ भनेर उनले अडान लिन सक्थे । तर कायर बनेर नारायणहिटी खाली गरे । वार्गेनिंग गर्ने स्वर्ण मौका राजा हुदैका बखत आफैले गुमाए ।

पहिलो संविधान सभा बिना संविधान बिफल भएपछिको संक्रमणकालिन अवस्थामा दलहरु खिलराज रेग्मी जन्माउन सफल हुदा त्यसमा खेल्ने मौका पनि पूर्व भैसकेका राजाले सदुपयोग गरेनन् । उनले संविधान सभा बिफलताको मौकामा आफ्ना लागि स्पेश खोज्ने काममा सिन्को पनि भाँचेनन् ।

दोस्रो संविधान सभाको कार्यकाल समाप्तीसम्म आईपुग्दा गणतन्त्रले आफुलाई संविधान मार्फत संस्थागत गरिसक्यो । संविधानले परिकल्पना गरेका निर्वाचित निकायहरुमा देश पुर्नस्थापित पनि भैसक्यो, हुदैछ । मंसिर १० र २१ का संघीय र संसदीय चुनावपछि यो संविधान कार्यान्वयनको एक चरण समाप्त हुदा देश गणतन्त्र संस्थागत गर्ने युगिन फड्कोमा पुग्नेछ ।

यस बेला बल्ल पूर्वमहाराजालाई देश नेतृत्वबिहिन भएको चेत खुलेछ । मृत्यु पछिको डाक्टर भने झैं गणतन्त्र संस्थागत हुदै गरेको आखिरी घडीमा उनले अब चाहेर पनि पछाडि फर्कन नसक्ने गरी मुलुक अघि बढिसक्यो गणतन्त्रको बाटोमा । त्यसैले जिम्मेवारी बहन गर्छु भन्ने पूर्वराजाको ईच्छा अब राजनीतिक परिस्थितिको जगमा बेमौसमी देखिएको छ ।

जनताले चाहेमा र जनताले साथ दिएमा आफू नेतृत्व लिन र जिम्मेवारी बहन गर्न तयार रहेको पूर्व राजाको कथनमा जनताको चाहना कसरी बुझने ? के आधारमा जनताले उनलाई साथ दिने ? जनताको छोराछोरी नै देश प्रमुख हुने शासकीय प्रणाली छोडेर अब नागरिकले किन ज्ञानेन्द्र वा उनको सन्ततीलाई शासन सत्तामा पुर्नस्थापित गर्ने ? फेरि जनमतको परीक्षण कसरी के का आधारमा गर्ने ? बेला गैसकेपछि चाहेर पनि त्यो मार्गमा देश फर्कन सक्दैन भन्ने तथ्य पूर्वराजालाई थाहा भएन होला र ?

राजनीतिक दलका नेतासँग उनको पानी बाराबारको संवन्ध अझै कायमै छ । सिद्धान्ततः कम्युनिष्टहरुले अब पुनः राजा फर्काउने कुरा स्वीकार गर्ने छैनन् । वाम एकता मार्फत उनीहरु सामयवादी सत्ताका लागि समाजवादी क्रान्तिका लागि तयार हुदैछन । देशमा लोकतन्त्र र संवैधानिक राजसंस्था तथा हिन्दूत्वको पक्षपाती दल काँग्रेससंग पूर्व राजा सहकार्य गर्न ईच्छुक नै नदेखिएका कारण यो परिस्थिति बनेको दिनको घाम जत्तिकै छर्लंग छ । काँग्रेस महामन्त्री शसाँक कोईराला जस्ता असल जननायक विपी कोईरालाका उत्तराधिकारीसँग पनि एकता, संवाद र सहकार्य गर्ने जाँगर, रुचि र प्रयत्न पूर्वमहाराजबाट भएको छैन । अनि के जनताको चाहना भएमा म राजा बनिदिम्ला भनेकै भरमा राजालाई बोकेर गद्धीमा राख्न जनता तयार हुन्छन त ?

यदि जनताको शक्तिबाटै ज्ञानेन्द्रलाई गद्धीमा फर्कन मन हो भने उनले कम्तिमा काँग्रेस जस्तो पार्टी र शसांक, शेखर कोईराला जस्ता नेताहरुसँग संवादमा रहेर किन नयाँ परिस्थितिमा नयाँ रोडम्याप नबनाउने ? किन कमल थापा जस्ता अवसरवादी नक्कली राजावादीको राजनीतिक रत्यौलीको रमिता हेरेर समय घर्काउने ?

त्यसैले अरुका कारणले भन्दा पनि आफ्नै अहँ र घमण्ड वा समयको वेग र जनताको चाहना नै संवोधन गर्न नसकेर जिम्मेवारीमुक्त हुनु परेको तथ्यलाई पूर्व महाराजले निर्मम समीक्षा गरेर मात्रै पुनः जिम्मेवारी लिन तयार हुने हो भने पहिले राजनीतिक दल मार्फत जनतासंगको सहकार्यमा उत्रन किन ढिला गर्ने ?

यदि वाम गठबन्धनले देशलाई कम्युनिष्ट सर्वसत्तावादको मार्गमा लान खोज्यो भने पूर्वराजाको शक्तिलाई साथ लिने वाध्यतामा काँग्रेस लगायतका लोकतन्त्रवादी दल पुग्न सक्छन । त्यसबेला पावर शेयररिंगका लागि पूर्वराजाले आफै पहल थाल्नु पर्छ । के ज्ञानेन्द्र शाह कमल थापाहरुको नक्कली नारा र भरतकेशर सिंहहरुको भजनमण्डलीबाट माथि उठेर राजनीतिक संवाद र दलहरुसँग संवन्ध सुधार गर्न तयार हो त उसो भए ?

साभार : kharibot.com

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top