१४ दिनपछि अनसन तोडे डाक्टर केसीले

काठमाडौँ, १ कार्तिक । डा.गोविन्द केसीले १४ दिनदेखिको अनसन तोडेका छन् ।

सरकारले अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने प्रतिबद्धता जनाएपछि अनसन तोडेका हुन् ।शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आएकी एक बालिकाको हातबाट जुस पिएर डा। केसीले अनसन तोडेका हुन् ।

माथेमा आयोगको प्रतिवेदनअनुसार अध्यादेशबाट चिकित्सा शिक्षा विधेयक ल्याउने, आफुखुशी विद्यार्थीबाट शुल्क लिँदै आएको काठमाडौँ विश्वविद्यालयलाई तोकिएको शुल्क लिएर मात्र विद्यार्थी भर्ना गर्न परिपत्र गर्नेलगायतका १० बुँदे सहमति भएपछि उनले अनसन तोडेका हुन् ।

विगतका सहमति कार्यान्वयन गर्नुपर्ने माग गर्दै डा। केसी गत असोज १९ गतेबाट १३ औँ चरणको असनसमा बसेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top