अर्घखाँची पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

पोखरा, ३ असोज । अर्घाखाँची पोखरा सम्पर्क समाजले विजया दशमी, शुभदिपावली तथा छठको उपलक्षमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाहीले गुल्मी र अर्घाखाँचीका लागि छुट्ने बसको समय परिवर्तन गर्न आएको सुझावलाई आफुले सकरात्मक रुपमा लिएको बताउनुभयो । अर्घाखाँचीबासीले पोखराबाट १ घण्टा ढिलो र अर्घाखाँचीबाट १ घण्टा छिटो बस छुट्ने भएकाले आफुहरुले समस्या भएको बताएका थिए ।

कार्यक्रममा समाजका सल्लाहाकार ज्ञानहरी अधिकारी, निवर्तमान अध्यक्ष गुणानिधि पाण्डे, संस्थापक अध्यक्ष यम प्रसाद गौतम, लगायतले बोलेका थिए ।
समाजका महासचिव लिल बहादुर जिसिले संचालन गर्नुभएको कार्यक्रम समाजका अधयक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top