जुबा तास खेलिरहेका ६ जना टुटुङ्गाबाट २ लाख २६ हजार सहित पक्राउ

पोखरा, २ असोज । पोखरा लेखनाथ महानगरपालिका १५ टुटुङ्गाबाट प्रहरीले जुबा तास खेलिरहेका ६ जनालाइ पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलिले  स्थानीय शम्सेर गुरुङको घरमा  तास खेलिरहेको अबस्थामा ६ जनालाई ४ बुक तास र नगद २ लाख २६ हजार सहित पक्राउ गरेको हो । उनीहरुलाई कास्की जिल्ला अदालतबाट जुवा मुद्धामा म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नं १६ दिपका बालकृष्ण गुरुङ, ओम बहादुर गुरुङ, बाटुलेचौरका ईमान सिहं गुरुङ, पोखरा १ बगर शेर बहादुर गुरुङ, पोखरा १४ चाउथेका याम बहादुर क्षेत्री र पोखरा १५ टुटुगाका शम्सेर गुरुङ रहेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित