विद्यालय लक्षित सचेतना कार्यक्रम लिटल फ्लावरमा - SamacharpatiSamacharpati        

विद्यालय लक्षित सचेतना कार्यक्रम लिटल फ्लावरमा

पोखरा, २ असोज । पोखरा लेखनाथ–२७, रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल एकेडेमीमा कक्षा ८, ९ र १० का विद्यार्थीलाई लक्षित गरी लागु पदार्थ दुर्व्यसन सम्बन्धी विद्यालय लक्षित सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा आमा समूहको सक्रियतामा रिठेपानीमा अभियान चलाइरहेकाहरुले विद्यालय लक्षित कार्यक्रम गरेका थिए । कार्यक्रममा बोल्दै राइजिङस्टार युवा क्लवका अध्यक्ष विष्णु गुरुङले उत्तरवाल्यावस्था र यौवनावस्थाका बालबालिकाहरु नै माध्यमिक तहमा हुने गरेकाले उनीहरुले आफुसचेत हुदै कुलतमा लागेका आफ्ना साथीहरुलाई समेत सचेत गराउनु पर्ने धारणा राखेका थिए ।

विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेलले संगतका कारण कुलतमा फस्ने समस्या बढी भएकोले विद्यालय समय भन्दा अघि वा पछि अभिभावकहरुले विशेष निगरानी गर्न आग्रह गरेका थिए । यसै गरी लागु पदार्थ नियन्त्रणका लागि बनाइएको सहयोगी समितिकी सचिव समेत रहेकी तारा गुरुङले कोही लागु पदार्थको कारोवारमा संलग्न भएको पाएमा विद्यार्थीहरुले विद्यालयमा वा आफुहरुलाई सूचना दिई सहयोग गर्न आग्रह गर्दै कारवाहीको प्रक्रियामा लैजाने समेत बताएकी थिइन ।

कार्यक्रममा विद्यालयका डाइरेक्टर कमल खड्का, संचालक देवी खड्का, प्रगतिचोक आमा समाजकी अध्यक्ष देवीमाया गुरुङ, राइजिङस्टार युवा क्लवका सचिव श्याम खनाल लगायतले विद्यालय वरपरको क्षेत्रलाई सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र बनाउन आग्रह गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित