fbpx

अलैँची दाना बिक्री गरेर लमजुङका किसानले गरे २४ करोड रुपैयाँ आम्दानी

author

समाचारपाटी

५ महिना अगाडि

लमजुङ । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो ।

आर्थिक वर्ष २०८०र८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिनुभयाे । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ ।

गत वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो । आर्थिक वर्ष २०७९र८० मा प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० रुपैयाँदेखि सात सयसम्म बिक्री भएको थियो । उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन् ।

आव २०७८र७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची दाना बिक्रीबाट १५ करोड आम्दानी भएको थियो । त्यस्तै, एक दशकअघि १३ करोडसम्म अलैँची दाना बिक्रीबाट आम्दानी भएको थियो । आव २०७७र७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख रुपैयाँ आम्दानी भएको थियो । उक्त वर्ष नौ सय ५० देखि साढे एक हजार रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए । आव २०७६र७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले १२ करोड रुपैयाँ आम्दानी गरेका थिए । त्यस्तै आव २०७५र७६ मा सात सय ५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले पाँच करोड २५ लाख आम्दानी गरेका थिए ।

मर्स्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले यस वर्ष गत वर्षको तुलनामा कम उत्पादन गरी बढी आम्दानी गरेका छन् । दुई सय ७५ किलो अलैँची दाना बिक्रीबाट तीन लाख ७१ हजार दुई सय ५० रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयाे । उहाँका अनुसार गत वर्ष साढे तीन क्विन्टल अलैँची दाना बिक्री गरेर करिब दुई लाखमात्र आम्दानी गरेका थिए ।

जिल्लाभरिका अधिकांश किसानले एक हजार दुई सयमा प्रतिकिलो अलैँची बिक्री गरे पनि यहाँका तामाङसहित गाउँलेले एक हजार तीन सय ५० रुपैयाँ प्रतिकिलो अलैँची दाना बिक्री गरेको बताइएको छ । तामाङले मात्र नभई जिल्लाका अधिकांश अलैँची किसानको अलैंची खेतीबाट अलैँची दाना उत्पादन कम गरेका छन् । जिल्लाका किसानले कुनैबेला प्रतिकिलो दुई हजार दुई सय रुपैयाँसम्म अलैँची दाना बिक्रीबाट लिने गरेको थियो ।

जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँची दानाको मूल्य नपाएको गुनासो गर्दै आए पनि यस वर्ष भने केही राहत महसुस गरेका छन् । यस वर्ष अलैँची दानाको मूल्यवृद्धि हुँदा अलैँची किसान हर्षित भएका छन् ।

जिल्लामा एक हजार हेक्टर बढी क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलभन्दा कम क्षेत्रफलबाट उत्पादन हुँदै आएको बताइएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ ।

onlinekhabar


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

१८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन