fbpx

सुनसरी नेपाल–भारत सीमानाकाबाट स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ

author

समाचारपाटी

१२ महिना अगाडि

स्रोत नखुलेको रकमसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सुनसरीको नेपाल–भारत सीमानाकाबाट उनीहरूलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक  प्रहरी नकेशकुमार तुम्बाहाम्फेले जानकारी दिनुभयाे।

सुनसरीको कोसी गाउँपालिकास्थित नेपाल–भारत चारकुने नाकाबाट नेपाली र भारतीय नोटसहित दुई जनालाई पक्राउ गरेको सप्रउ तुम्बाहाम्फेले बताउनुभयाे। सशस्त्र प्रहरीले चेकजाच गर्ने क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१२ का १८ वर्षीय सुरेश लिम्बू र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरिएको उहाँले बताउनुभयाे । 

पक्राउ परेकाको साथबाट स्रोत नखुलेको नेपाली ४ लाख ३४ हजार ७ सय २० रुपैयाँ र ५९ हजार ६ सय १० भारतीया रुपैयाँ बरामत गरिएको सप्रउ तुम्बाहाम्फेले बताउनुभएकाे छ ।  पक्राउ परेका दुबैजनालाई बरामत नगदसहित आश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको  गणका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायव उपरीक्ष प्रेम प्रसाद सिंदेलले बताउनुभयाे । 

बरामत गरिएको नगद सक्कली वा नक्कली हो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ । नेपाल भारत सीमानाकाबाट सशस्त्र प्रहरीले हप्ता दिनभित्र २० लाखभन्दा बढी स्रोत नखुलेको रकम बरामद गरेको जनाएको छ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

२९.१५°

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने