घरमा सेतो पुतली आउँछ ? साबधान आँखाको ज्योती गुम्न सक्छ

समाचारपाटी, पोखरा, ३१ भदौ । आजकल तपाईको घरमा बेलुकाब बत्ती वरपर सेतो पुतली आउँछ ? त्यो हो भने सचेत रहनुहोस । केटाकेटीलाई ख्याल गर्नुहोस पुतली समाउन खोज्लान् र आँखाको ज्योति गुमाउलान् ।

अहिले पोखरा आसपासमा सेतो पुतलीको आतंक धेरै छ । यहि सेतो पुतलीको झुस आँखामा पर्यो भने आँखाको ज्योती गुम्ने खतरा हुन सक्छ । हिमालय आँखा अस्पतालमा यो वर्ष मात्रै ५/६ जना बिरामी यस्तै रोग लिएर आएका छन् । अस्पतालकी डाक्टर हरिमाया गुरुङका अनुसार यो रोग विशेषगरि केटाकेटीमा देखिएको छ ।

उनका अनुसार केटाकेटीले सेतो पुतली आएपछि केटाकेटीले समातेर खेलाउन खोज्ने हुनाले उनिहरुलाई यस्तो समस्या देखिने धेरै सम्भावना हुन्छ । केटाकेटीमात्र होइन यो पुतलीको झुस आँखामा पर्यो भने जसलाइ पनि समस्या हुन सक्छ ।

“पुतली बत्तीवरपर आयो भनेर यसलाई धपाउन तीर लाग्नु हुदैन”, डा. ग्रुङले भनिन् – “त्यसले झुस झार्ने र आफुलाई असर गर्नसक्छ, बरु मधुरो बत्ती बाल्ने, कसरी हुन्छ पुतलीलाई आउन नदिने गरि झ्यालमा जाली लगाईराख्ने गर्नुपर्दछ ।”

सेतो पुतलीबाट लाग्ने यो रोगको नाम ‘सापु’ हो  । यो रोगबाट बच्नको लागि यो पुतलीबाट टाढा रहनु बाहेक अर्को उत्तम उपाय नै छैन । कथमकदाचित पुतली छोइयो वा ठोकियो भने हात राम्रोसंग धोएर आँखा सफा गर्ने र तुरुन्त अस्पताल जानु पर्दछ ।

यसैबीषयमा हामीले हिमालय आँखा अस्पतालका डाक्टर हरिमाया गुरुङसंग कुराकानी गरेका छौँ । हेर्नुहोस भिडियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित