४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

समाचारपाटी, पोखरा, २७ भदौ ।
कास्की : झै झगडा भएको

मिति २०७४/०५/२७ गते ११.०० बजेको समयमा जिल्ला कास्की पोखरालेखनाथ महानगरपालीका वडा नं. ८ बगालेटोल बस्ने वर्ष ६५ को बुद्दीराज गहतराज, निजको को छोरा वर्ष २९को कुमार गहतराज र निजको भतिज नाता पर्ने वर्ष २७ को बिजय राज गहतराज, वर्ष २५ को शंकर गहतराज बिच अंश बण्डाको बिषयमा झगडा हुदा बुद्दीराज गहतराज घाईते भई उपचारको लागि लेकसिटि अस्पताल बगालेटोल लगिएको छ । उक्त स्थानमा प्रहरी टोली खटिई शंकर गहतराज, विजयराज गहतराजलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

गोरखा : सवारी दुर्घटना
मिति २०७४/०५/२७ गते जिल्ला गोरखा पालुङ्टार ०५ स्थित नगरपालिका चोकमा तुरतुरे बाट ठाटीपोखरी तर्फ आउँदै गरेको बा ५८ प ५५६६ नं. को मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको ग ४ प ८८४६ नं. को मोटरसाईकल एक आपसमा ठक्कर खादाँ ५५६६ नं. को चालक जि. गोरखा पा.न.पा. ०८ बस्ने वर्ष ३५/४० को राम काजी अधिकारी, पछडि सवार पा.न.पा.०५ वस्ने वर्ष ३० को नर ब. तामाङ् घाईते भई आचार्य मेडिकलमा उपचार भैरहेको छ । मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ ।

स्याङ्जा : बाघको बच्चा फेला परेको
मिती २०७४/०५/२७ गते अन्दाजि ०९ :३० बजेको समयमा जिल्ला स्याङजा भिरकोट नगरपालिका वडा नं ५ स्थित बहरे भज्याङमा १ बाघको बच्चा फेला छ । उक्त खबर प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई जिल्ला बन कार्यालयका कर्मचारीहरुलाई खबर गरी १३:०५ बजे बन कार्यालयको कर्मचारी र प्रहरीको रोहवरमा बालिङ न.पा. ११ स्थित रहेको खाल्टे भन्ने जंगलमा उक्त बाघको बच्चालाई छाडिएको छ ।

कास्की : सवारी दुर्घटना
मिति २०७४/०५/२७ गते ०७:१० बजेको समयमा जिल्ला कास्की पोखरालेखनाथ महानगरपालीका वडा नं. १० घलेचोकमा ग ९ प ६९६६ नं. को मोटरसाईकलले नामथर वतन नखुलेको पैदलयात्री अन्दाजी वर्ष ७५/८० को पुरुष व्यक्तीलाई ठक्कर दिंदा घाईते भई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकीमा लगिएकोमा अन्दाजी. ०७:२५ बजे मणिपाल अस्पताल रिफर गरीएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिगई ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिईएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित