लाहुरे तालिम ब्यबसायी संघको अध्यक्षमा पुनः मिनराज गुरुङ

सुशान्त गाहा मगर, पोखरा २६ भदौ । लाहुरे तालिम ब्यवसायी सँघ नेपालको चौथो महाधिवेशनबाट पुन : मिनराज गुरुङको अध्यक्षमा १३ सदस्सीय कार्यसमिति निर्बिरोध चयन भएको छ ।

पोखराको नौडाँडामा सम्पन्न महाधिबेशनबाट अधिबक्ता हरि प्रसाद पण्डितको संयोजकत्वमा रहेको निर्बाचन मण्डलले तिन बर्षे कार्यकालको लागी पुनः मिनराज गुरुङको अध्यक्षतामा नया कार्यसमिति निर्बिरोध चयन गरेको हो ।

अध्यक्ष मिन राज गुरुङ सँगै बरिष्ठ उपाध्यक्षमा गोपाल राई (धरान), उपाध्यक्षमा मनिराम राई (काठमाण्डौ) र सुबेदार शेर बहादुर गुरुङ (पोखरा), महासचिबमा राजेश पाख्रिन (काठमाण्डौ), सचिबमा ईश्वर गुरुङ (पोखरा), कोषाध्यक्षमा सुबेदार केहर सिँह गुरुङ (पोखरा), त्यसैगरी सदस्यहरुमा टिका गुरुङ (काठमाण्डौ), हिमाल गुरुङ (धरान), अनिल राई (काठमाण्डौ), निल बहादुर गुरुङ (पोखरा), हरि थापा (पोखरा), र भिम मगर (धरान) रहेका छन ।

लाहुरे तालिम ब्यबसायी सँघको कार्यसमिति सँगै प्रमुख सँरक्षक क्याप्टेन राम प्रसाद गुरुङ, सँरक्षक सदस्य याम बहादुर गुरुङ र रेशम बुरालाई सँरक्षक पदाधिकारीको रुपमा चयन गरीएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित