४ नं. प्रदेश अन्तर्गत घटेका घटना तथा प्रहरी गतिविधिहरु

समाचारपाटी, पोखरा, २६ भदौ  ।
पोखराको सस्तो बजारको प्रवेशद्धारमा सिलिन्डर बम फेला
पोखराको पृथ्वीचोक स्थित सस्तो बजारको प्रवेशद्धारमै आज भाद्र २६ गते बिहानै एक सिलिन्डर बम फेला परेको छ । फायर स्ट्रेनमा ब्याट्री राखेर तामाको तार बेरेको अवस्थामा उक्त बम फेला परेको हो  ।

उक्त स्थानमा बम रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्काल घटनास्थल पुगेको वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । त्यसपश्चात नेपालि सेनाको बम डिस्पोजल टोलीद्धारा उक्त बमलाई निस्क्रिय पारीएको छ ।

उक्त क्रियाकलाप कसले र किन गरेको भन्ने विषयमा अनुसन्धान भईरको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक असोक सिहंले बताउनु भएको छ ।

तनहुँ : सवारी दुर्घटना
मिति-२०७४/५/२६ गते अन्दाजी १२:०५ बजेको समयमा जिल्ला तनहुँ म्याग्दे गाउपालिका १ गुणादीस्थित पृथ्वी राजमार्गमा पोखराबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ५४६४ नं.को बसले पैदलयात्री जिल्ला तनहुँ ऋषिङ गा.पा. ७ बस्ने वर्ष ४५की मधुमाया थापालाई ठक्कर दिंदा टाउकोमा चोट लागि घाइते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकोछ ।

 गोरखा : विषादी सेवन
मिति २०७४/०५/२६ गते अन्दाजी ०४:०० बजेको समयमा जिल्ला गोरखा पालुङटार नगरपालिका ८ बस्ने वर्ष ६२को गंगा कुमार श्रेष्ठले गाई भैसिको जुम्रा मार्न प्रयोग गर्ने विषादि सेवन गरी घाइते भइ उपचारको लागि जिल्ला अस्पताल दमौली तनहुमा ल्याइएकोमा थप उपचारको लागि मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ । बिष सेवन गर्नुको कारण नखुलेकाले प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।

बागलुङ : कुटपिट
मिति२०७४/०५/२५ गते अन्दाजी २१:३० बजेको समयमा जिल्ला बागलुङ बडीगार्ड गा.पा.-५ तानि बस्ने वर्ष-६५ को प्रेम श्रेष्ठलाइ सोही स्थानबस्ने वर्ष २३को तिलक बहादुर नेपालीले मादक पदार्थ सेवन गरी निजलाई कुटपिट गर्दा टाउकोमा चोट लागि घाईते भई उपचारको लागि स्थानिय मेडिकलमा लगिएको छ ।उक्त विषयमा खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटी गई कुपिट गर्नेलाई नियन्त्रणमा लिएको छ ।

नवलपरासी : सवारी दुर्घटना
मिति २०७४/०५/२६ गते जिल्ला नवलपरासी गैडाकोट नगरपालिका ५ जनक उच्च मा.वि. अगाडी महेन्द्र राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको  लु १ च ८१०७ नम्बरको बलेरो पिकप गाडीले हालसम्म नाम थर वतन नखुलेको पैदल यात्री अन्दाजी वर्ष २०/२१ को पुरुष व्यक्तिलाई ठक्कर दिदा घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएको छ । गाडी र चालक  प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित