जोनी जेन्टलमेनको टोली पोखरामा (भिडियो)

यहि भदौ ३० बाट प्रदर्शनमा आउन लागेको फिल्म जोनी जेण्टलमेनको प्रचार प्रसार तिब्र गतिमा भई रहेको छ । यहि क्रममा फिल्मको मुख्य कलाकार पल साह, नायिका आचल शर्मा पोखरा आएका छन् ।
पत्रकार भेटघाटमा फिल्मबारे जानकारी गराउदै आम दर्शकलाई फिल्म हेरिदिनहुन र नेपालि फिल्मलाई माया गर्दिनहुन आग्रह गरिएको थियो ।
फिल्मलाई नितिन चन्दले निर्देशन गरेका छन् । लभ स्टोरी समाबेश फिल्ममा पल र आचलको जोडीलाई मुख्य भूमिकामा देख्न सकिने छ । पलले यो भन्दा अगाडि म यस्तो गीत गाउछुू मा पुजा शर्मा संग रोमान्स गरेका थिए भने अहिले आचल शर्मासंग रोमान्स गर्दैछन् । आचल र पलले फिल्म लाईनमा “नाई न भन्नु ल-४” चलचित्र बाट एकसाथ डेब्यु गरेका हुन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित