क्रबा आजि सिङदी तमु समाजको साधारण सभा सम्पन्न

पोखरा, २६ भदौ । क्रबा आजि सिङदी तमु समाजको चौथो साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

साधारण सभाकाप्रमुख अतिथि तथा लम्जुङ जिल्ला क्व्होला सोंथार गाउँपालिका वार्ड नं.–५ का वडाध्यक्ष गित बहादुर गुरुङले सिङ्दी गाउँको समग्र विकासका लागि पोखरामा रहेको यस क्रबा आजि सिङ्दी समाजले महत्वपूर्ण कामहरुमा सहयोग गरेको बताउँनु भयो । आफ्नो रोजीरोटीको लागि आफ्नो प्यारो जन्म गाउँ  छोडेर पोखरामा  आउँनु भएका सिङ्दीबासीले आफ्नो गाउँको हरेक विकासमा आर्थिक सहयोग गर्दै आईरहेको बताउँदै गाउँको विकासमा युवापिढी लगायत सबै एक जुठ हुन आग्रह गर्नुभयो ।

समाजका सह–कोषाध्यक्ष युवराज गुरुङले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा महिला समुहबाट रिसना गुरुङले बालबालिकाको वर्तमान शिक्षाको बारेमा अभिभावकको भूमिका बारेमा जानकारी गराउँनु भएको थियो त्यस्तै हिमाली बालकल्याण संरक्षण मंच भकुण्डेका ईन्चार्ज टंक प्रसाद गुरुङले बालबालिकाको वर्तमान शिक्षाका बारेमा प्रकाश पार्दै सिङ्दी गाउँको विकासको लागि सबैजना एक जुठ भई विकास निर्माणको काममा अगाडि बढ्नु आग्रह गर्नुभयो ।

अध्यक्ष रामसुबा गुरुङले समाजको गतिबिधीमा आमा समुह तथा  युवा क्लबले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै गत वर्ष २०७३ को एसईई पास गरेका बिध्यार्थीहरुलाई समान खादा तथा प्रमाण पत्रले सम्मान गर्दै  क्रब आजि सिङदी तमु समाज काँधमा काँध हातमा हात मिलाई अगाडी बढनु पर्ने बताउँनु भयो । नजिकिंदै गरेको नेपालीहरुको महान पर्व विजया दशमी तथा दीपावलीको शुभ कामना प्रदान गर्नुभएको साधारण सभामा आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष सिताराम गुरुङले प्रस्तुत गर्नु भएको थियो भने समाजको वार्षिक प्रतिवेदनसचिव थे बहादुर गुरुङ ले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको  संचालन यस समाजका सह सचिव श्री यम प्रसाद गुरुङले गर्नु भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित