राप्रपा प्रजातान्त्रीकका ४ मन्त्रीले आज सपथ लिदै

काठमाडौँ, २६ भदौ । राप्रपा प्रजातान्त्रिकका चार जना नयाँ मन्त्रीहरुले आज पद तथा गोपनियताको सपथ लिनेभएका छन् । राप्रपा प्रजातान्त्रिक संसदीय दलका नेता दीपक बोहोरा विज्ञान तथा प्रविधि, सुनील थापा उद्योग, विक्रम पाण्डेले वनमन्त्रीको रुपमा सपथलिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।

राप्रपा प्रजातान्त्रिक कै रेशम लामाले भने राज्यमन्त्रीका रुपमा मन्त्रिपरिषद प्रवेश गर्दैछन् । सबैको नाम राष्ट्रपति कार्यालय पठाइसकिएको र आज बिहान ११ बजे शपथको कार्यक्रम रहेको परियारले जानकारी दिनुभयो ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर राप्रपा प्रजातान्त्रिक बनेपछि पहिलो पटक सरकारमा जान लागेको हो ।

तर, निर्वाचन आयोगले मन्त्रिपरिषद् विस्तारले निर्वाचन आचारसंहिता उल्लंघन भएको बताएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचन कार्यतालिका लागू भइसकेपछि मन्त्रिपरिषद् विस्तार गर्नु आचारसंहिताको ठाडै उल्लंघन भएको टिप्पणी गर्नुभयो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आयोग पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित