स्वर्गीय गजेन्द्र भण्डारी स्मृती सृजनशिल पत्रकारिता पुरस्कार २०७४ पत्रकार भिमपाणी वराललाई

पोखरा, २६ भदौ । स्वर्गीय गजेन्द्र भण्डारी स्मृती सृजनशिल पत्रकारिता पुरस्कार २०७४ पत्रकार भिमपाणी वराललाई आज प्रदान गरिदै छ । स्वर्गीय भण्डारीको परिवारद्वारा स्थापित उक्त पुरस्कार नेपाल पत्रकार महासंघ कास्की शाखाले संचालन गर्दै आएको छ ।

पुरस्कारको राशि नगद रु २५ हजार एक सय ११ र सम्मान पत्र रहेको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाद्वारा गठित पुरस्कार छनौट समितिले गरेको सिफारिसका आधारमा पत्रकार वराललाई पुरस्कृत गर्न लागिएको हो ।

पोखरामा रहेर करिव २ दशक देखी पत्रकारिता गर्दै आएका वराल हाल पोखरावाट प्रकासित आदर्श समाज दैनिकमा कार्यरत छन् । पत्रकार महासंघ कास्कीको पुर्व कार्यसमिति सदस्य समेत रहेका वराल हाल लेखनाथ पत्रकार मञ्चका अध्यक्ष समेत हुन् ।

यसैविच पत्रकार महासंघ कास्कीले मिना सृजनशिल पत्रकारिता पुरस्कार २०७४ प्रतिभा छनौट समिति समेत गठन गरेको छ ।

उक्त पुरस्कार अक्षय कोषकादाता एवं पत्रकार मिना गुरुङको शुभजन्मोत्सवका अवसरमा प्रदान गरिने छ । पुरस्कारको राशि नगद रु ११ हजार एक सय ११, सम्मान पत्र र दोसल्ला रहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित