पोखरामा आजदेखी अन्तराष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता सुरु हुदै

पोखरा, २६ भदौ । आज देखि पोखरा रंगशालामा नेपालमै पहिलोपटक अन्तराष्ट्रियस्तरको लन टेनिस प्रतियोगिता सुरु हुदैछ ।

प्रतियोगितामा नेपाल, भारत र फिनल्याण्डका सिनियर टेनिस खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ३५, ४५ र ५५ वर्ष माथिका खेलाडीबीच प्रतिस्पर्धा हुने छ ।

पहिलो सिफ्ट आजदेखि ३१ गतेसम्म, दोस्रो सिफ्ट असोज २ देखि ७ गतेसम्म हुने संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिनुभयो । पोखराको पर्यटन प्रवद्र्धनमा यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

कास्की जिल्ला लन टेनिस संघको आयोजना तथा नेपाल लन टेनिस संघ र अन्तराष्ट्रिय टेनिस महासंघको सहयोगमा हुने प्रतियोगितामा झण्डै ८३ जना खेलाडीको सहभागिता रहने छ । प्रतियोगिता असोज ७ गते सम्पन्न हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित