आजको राशिफल २०७४ भदौ २६ गते सोमबार, Today’s Horoscope, September 11-भिडियो-

आजको राशिफल
बि.स.२०७४ भाद्र २६ गते । सोमबार । ईश्वी सन् २०१७ सेप्टेम्बर ११ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । आश्विन कृष्ण पक्ष । तिथि पञ्चमी ०१ घडि ४ पला, बिहान ०६ बजेर १३ मिनेट उप्रान्त षष्ठि । नक्षत्र भरणी १३ घडी २६ पला,बिहान ११ बजेर १० मिनेट उप्रान्त कृतिका । योग व्याघात २४ घडि १२ पला,दिउसो ३ बजेर २८ मिनेट उप्रान्त हर्षण । करण तैतिल, बिहान ०६ बजेर १३ मिनेट उप्रान्त गर,बेलुका ५ बजेर १० मिनेट उप्रान्त वणिज । आनन्दादिमा चर योग । चन्द्ररासि मेष बेलुका ४ बजेर ४९ मिनेट उप्रान्त बृष । षष्ठि श्राद्ध ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ४७ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर १२ मिनेट जादा । दिनमान ३१ घडी ० पला । 
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
 राजनिति तथा सरकारि कामकजमा ढिला शुस्तिको चपेटामा परिने योग रहेकोछ । जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि हुँने भएपनि काम गर्नको लागि कसैको सहयोग पाईने छैन । आम्दानिको तुलनामा खर्च अधिक बढ्ने हुँदा आर्थिक व्यावस्थापन गर्न सहज हुँने छैन । व्यापारमा समय दिए अनुसार आम्दानि नहुँने हुँनादे दैनिक काम तथा थप लगानि गर्ने बाताबरण बन्ने छैन । अध्ययन अध्यापनमा अल्छी गर्नाले नतिजा अरुतिरनै जानेछ । साझपख स्वादिष्ट भोजनमा साथ आफन्तहरुसँग रम्न सकिनेछ भने कुटुम्बसँगको सम्बन्धमा सुधार भएर जानेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
अनाबस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन । लामो दुरिको बैदेशिक यात्राको तय हुँनेछ भने बिदेशमा बसेर रोजगारि गर्नेहरुका लागी आजको दिन शिषेश लाभ प्राप्त हुँनेछ । स्वदेशि सामानको उत्पादन तथा बिक्रि घट्न सक्छ भने  बिदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । साझपख माया प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । सरकारि धन तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ । व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँनेछ । सत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय रहेकोछ । साझपख लामो दुरिको यात्रा हुँने तथा खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साथिभाई तथा आफन्तबाट बिश्वासघात तथा धोका हुनेछ भने स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला । सरकारि पद धारण गर्नेहरुले निश्पक्ष काम गर्नुहोला नियम बिपरित काम गर्दा राज्य पक्षबाट अनाबस्यक झै झमेला तथा जरिवाना हुँने ग्रहयोग रहेकोछ । मान सम्मान तथा प्रतिष्ठामा कमिमो महशुस हुँनेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने सम्भावना रहेको छ । व्यापार व्यावसायमा समय दिएपनि आम्दानि गर्न मुस्किल पर्नेछ भने लगानि फस्ने योग रहेकोछ सचेत रहनुहोला ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुँनेछ भने तिर्थ यात्राको प्रसस्त सम्भावना रहेकोछ । व्यापार व्यावसायमा लगानि बढाई प्रसस्त नाफा कमाउँने समय रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ । नयाँ कार्ययोजना सार्वजनिक गरि आथिभाईहरुको मन आफुतिर तान्न सकिनेछ । सामाजिक काम गरि समाजमा नाम तथा दाम दुबै कमाउँन सकिनेछ । साझपख राजनिति तथा समाजसेवामा जनताको साथ नरहने हुँनाले पद पाउँने सम्भावना टरेर जानेछ भने मान सम्मानमा कमिको महशुस हुँनेछ ।
कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवारमा आफन्त तथा पति पत्निबिच विवाद बढ्नेछ भने माईति चेलिबिचको सम्बन्धमा फाटो ल्याउँन आफन्तहरुनै लागि पर्नेछन् । कामहरु समयमा सम्पन्न नहुँने हुँदा दुख पाउँने समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउँन असजिलो हुँनेछ । अध्ययन तथा अध्यापनमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । बैक तथा बित्तिय सस्थामा गरिएको लगानि बाट भने थोरै भएपनि आम्दानि हुँनेछ । साझपख समय ठिक रहेकोले धर्म तथा अध्यात्मतिर मन जानेछ भने लामो दुरिको धार्मिक यात्राको सम्भावना रहेकोछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । खोज तथा अनुशन्धानमा अलि बढि समय खर्च गर्दा भनेजस्तो सफलता पाउँन सकिनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने साझेदारहरुबाट होसियार रहनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
तपाईको खुट्टा तान्ने मानिसहरु हावि हुँने तथा सत्रुहरु सलबलाउँनेछन् । मामा तथा मावलि पक्षसँग कुनैपनि काम गर्दा सन्तुलित व्याबहार गर्नुहोला दैनिक काम गर्दा मनमुटावको अवस्था सिर्जना हुँनेछ । न्यालयसँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला अनाबस्यक मुद्दा मामिला आईलाग्नेछन् । अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नु हुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । साझपख माया प्रेममा सुधार भएर जानेछ भने भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुँनाले मन प्रफुल्लित रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ भने आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा लगानि गरि सोचेजस्तो आम्दानि गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुसि हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोस जागर आउँनेछ । साझपखको समय त्यति राम्रो नभएकोले काम गर्दा ख्याल गर्नुपर्नेछ भने मामा तथा मावलि पक्षसँग मनमुटाव सिर्जना हुँने योग रहेकोछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
राजनिति तथा समाजसेवामा सहभागि हुँनेहरुले जनतासँग सन्तुलित व्यबहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाति सम्बन्धि समस्या आउँने तथा खर्च बढ्ने योग रहेकोछ । कुनै पनि काममा प्रतिश्पर्धिहरुले अवरोध पुर्याउँन सक्छन् ध्यान दिनुहोला । व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानि गर्न सक्नेछन् । साझपख माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पढाई लेखाईमा सुधार गर्दै अगाडि बढ्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
दाजुभाई तथा छिमेकिसँग घरायसि कुरामा विवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोमा हुँनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । वादबिवाद तथा प्रतिश्पर्धामा भाग नलिनुहोला अरुभन्दा पछि परिनेछ । अदालत तथा न्यायलयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले मानशिक तनाब बढ्नेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पछि सम्म आम्दानि हुँने व्यावसायमा लगानि बढाउन सकिनेछ । पारिवारका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुँनेछन् । आफन्तबाट भनेजस्तो सहायोग पाईने हुँदा काम गर्न सहज हुँनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा खर्चियको समयबाट सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुँनेछ भने अध्यन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । साझपख पढाई लेखाईमा मन नजादा अरुभन्दा पछि परिनेछ भने दाजुभाई तथा आफन्त सँग बिवाद बढ्ने योग रहेकोछ ।
तपाईको दिन शुभ रहोस । 
ज्योतिषि तारानाथ उपाध्याय
ज्योतिष परामर्ष सेवा केन्द्र 
काठमाडौ नेपाल 
फोन नं.९७४१०६८९६२

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित