हेमजा ‘सेभने ए साईड’ नक आउट फुटबल प्रतियोगिता असोज ३ गते देखि

पोखरा, २५ भदौ । विष्णुपादुका क्लब तथा विष्णुपादुका फुटबल एकेडेमी पोखरा लेखनाथ–२५ हेमजाले हेमजा सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता–२०७४ आयोजना गर्ने भएको छ। ‘मैत्री भाव तथा स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नारका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिता असोज ३ गते देखि ११ गते सम्म सञ्चालन हुने छ।

विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउदै राष्ट्रको खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यले प्रतियोगिताको अयोजना गरिएको हो । प्रतियोगिता सम्पन्न गर्नका लागि क्लबका प्रशिक्षक सुविन श्रेष्ठलाई संयोजक तोकिएको छ भने विभिन्न उपसमिति पनि गठन गरिएको छ।

प्रतियोगिता सम्पन्न गर्नका लागि पाँच लाख ८९ हजार दुई सय २२ रुपैया लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताबाट बचेको रकम क्लबले सञ्चालन गरेको विष्णुपादुका फुटबल एकेडेमीमा सञ्चालार्थ खर्च गरिने विष्णुपादुका क्लबका कोषाध्यक्ष लक्ष्मण रोकाहाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले एक लाख एक हजार एक सय ११, द्धितीय हुनेले ५१ हजार एक सय ११ साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यसैगरी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्तालाई नगद दुई÷दुई हजार साथमा ट्रफि मेडल र प्रमाण पत्र पाउने छन्। साथै सर्वोकृष्ट खेलाडीलाई नगद तीन हजार ट्रफि मेडल र प्रमाण पत्र दिईने आयोजकले जनाएको छ।

प्रतियोगितामा सेमिफाइनलमा पराजित टिमले सान्त्वना स्वरुप दश हजार रुपैया पाउने संयोजक सुविन श्रेष्ठले बताउनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित