अन्तराष्ट्रिय साक्षरता तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस आज मनाइदै

पोखरा, २३ भदौ । आज अन्तराष्ट्रिय साक्षरता तथा ३८ औँ राष्ट्रिय शिक्षा दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिकाले वञ्चित हुन् नपरोस् भन्ने आदर्श वाक्यका साथ विसं २०३१ बाट यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघिय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोले आठ सेप्टेम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रुपमा मनाउँदै आएको छ । नेपालमा पछिल्ला दशकमा दुवै दिवसलाई एकै दिन मनाउन थालिएको छ ।

यसैविच संघीय नेपाल समृद्धिको आधार, स्तरीय शिक्षा सबैको अधिकार भन्ने मूल नाराका साथ मनाउन लागिएको राष्ट्रिय शिक्षा दिवस भव्यताका साथ मनाउनका लागी पोखराका उपसचिव समन्तमणी आचार्यको संयोजकत्वमा ९ सदसीय कार्यक्रम समितिको गठन गरिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको शिक्षा महाशाखका उपसचिव आचार्यले ३८ औं राष्टिय शिक्षा दिवस एवम् अन्तराष्टिय साक्षरता दिवस आज पोखरा सभागृहमा एक कार्यक्रम गरी भव्यताकासाथ मनाउने तयारी गरिएको जानकारी दिनुभयो ।

विसं २०६८ को जनगणनामा ६५ प्रतिशत साक्षरता दर रहेकामा हाल ९२ प्रतिशत पुगेको सरकारी तथ्यांक छ । यसमा पनि कास्की राष्ट्रिय रुपमा शैक्षिक अवस्था अब्बलरहेको तथ्यांकहरुले देखाएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित