आज विश्व फिजियो थेरापी दिवस

पोखरा, २३ भदौ । आज विश्व फिजियो थेरापी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईदैछ । हरेक वर्ष सेप्टेम्बर ८ तारीखका दिन यो दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । नेपालमा भने सन् २००० देखि यो दिवस मनाउन थालिएको हो ।

सामान्यतयाः फिजियोथेरापी भनेको भौतिक चिकित्सा हो । हाडजोर्नी नशा लगायत रोग भएका मानिसलाई यो उपचार प्रभावकारी मानिन्छ । कतिपयलाई औषधिले काम नगरेको खण्डमा समेत फिजियोथेरापीद्धारा उपचार गर्ने गरिन्छ ।

विभिन्न चोटपटकका कारणले भएको भौतिक पीडा लगायत मांशपेशीको पीडा कम गर्न फिजियोथेरापिस्टहरु विभिन्न व्यायाम तथा उपचार गर्न सुझाव दिन्छन् ।

मांशपेशी च्यातिएको लिगामेन्ट टियर, कमजोर मांशपेशी, स्वास प्रस्वास सम्बन्धी समस्या, घाँटी तथा जीउको दुखाई कम गर्न पनि फिजियोथेरापी उपयुक्त मानिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित