अल्फालाई अन्तर्राष्ट्रिय स्कुल अवार्ड

समाचारपाटी, पोखरा, १६ भाद्र ।  पोखरा लेखनाथ १६ मा अवस्थित अल्फा बोर्ड़िङ स्कुल ब्रिटिश काउन्सिलबाट वर्ष २०१६/१९को INTERNATIONAL SCHOOL AWARD जित्न सफल भएको छ ।

वर्ष २०१६/१७ का १२ विभिन्न प्रोजेक्टहरूको कार्ययोजना तयार गरी सोही मुताविक देश, विदेशका विभिन्न विद्यालयहरूसँग सहकार्य गरी विद्यालयले सम्पूर्ण प्रोजेक्टहरू उत्कृष्ट ढङ्गले सम्पन्न गर्न सफल रहेकामा उक्त सम्मान प्राप्त गरेको हो । FULL AWARD का अतिरिक्त MOST INNOVATIVE PROJECT शीर्षकको अर्को विशेष अवार्ड पनि विद्यालयले हासिल गर्न सफल रहेको विषय विद्यालयका प्राचार्य शिवकुमार बगालेले जानकारी दिंदै सोही उपलब्धि, उल्लास साटासाट गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान नभएसम्म शिक्षामा गुणस्तर नआउने बताउनुभयो । उहाँले विद्यालयले अवार्ड प्राप्त गर्नु समग्र कास्कीकै निम्ति महत्त्वपूर्ण उपलब्धि भएको बताउँदैविद्यालयले गुणस्तरीय शिक्षाका निम्ति लिएका पहलकदमीको प्रशंसा गर्नुभयो, साथै आजको प्रतिस्पर्धी युगमा हरेक विद्यालयले यस्ता अभ्यासहरू सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

विद्यालयव्यवस्थापन समितिकाअध्यक्ष सुरेन्द्रमानसिंह भण्डारीको अध्यक्षतामासम्पन्न उक्त कार्यक्रममा प्याब्सन प्रदेश नम्बर ४ का सल्लाहकार रत्नमान गुरुङ, वडा नं १९ काअध्यक्ष शोभा मोहन पौडेल, शिक्षक विजय बाबु अधिकारी लगायतले ब्रिट्रिस काउन्सीलको यस अवार्डले विद्यालयलाई थपजिम्मेवारी थपेको बताउनुभयो । कार्यक्रममा प्रोजेक्ट तयार गर्न संयोजन गर्ने शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित