शहिद स्मृति आवासिय माविमा स्वास्थ्य शिविर सम्पन्न

पोखरा, १७ भदौ । वैदेशिक रोजगार तथा प्रतिनिधि संरक्षण संघ कास्कीको आयोजनामा पोखराको शहिद स्मृति आवासिय माविमा १ दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

पोखराको न्युरोडमा रहेको सिद्धार्थ प्याथोलोजि पोलोक्लिनिकको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा ३ सय ४ जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

कार्यक्रममा बालरोग विशेषज्ञ डा. नवराज सुवेदीले बालबालीकाहरुलाई स्वस्थ्य रहन सबैभन्दा पहिले आफ्नो सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभएको थियो । त्यस्तै विद्यालयका प्रधानध्यापक मोना गिरीले देशकै ठुलो महानगर पोखरा महानगरपालिका भित्र रहेर पनि विद्यालय भएको ठाउँ विकासमा पछाडी रहेको बताउनुभयो । उहाँले उक्त ठाउँलाई पोखराको सुदुरपश्चिमको संज्ञा दिनुभयो ।

सहिद तथा बेपत्ता परिवारका छोराछोरी पढिरहेको विद्यालयका विद्यार्थिहरुलाई अहिले सम्म सरकारले न्युनतम बजेट दिईरहेको भएपनि सहयोग दाताहरुको सहयोग निरन्तर आवश्यक रहेको प्रधानध्यापक गिरीको भनाई रहेको छ । यस्तै स्वास्थ्य शिविरको व्यवस्थापन सिद्धार्थ प्याथोलोजी पोलिक्लिनिकका संचालक ढाकाराम लामिछानेले गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रममा सहयोग गर्ने चिकित्सक, प्राविधिक र विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । संघले विद्यालयलाई प्राथमिक उपचारको बाकस सहित केहि औषधिहरु पनि हस्तान्तरण गरेको छ ।

उक्त विद्यालयमा अहिले २ सय ८० विद्यार्थि र २० जना शिक्षक शिक्षिका कार्यरत रहेका छन् । संघका अध्यक्ष खिम राज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव जगत मोहन गिरीले गर्नुभएको थियो ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित