नेपालको पहिलो नसिङ अर्वाड स्व. सार्विती योगी नर्सिङ अवार्ड स्थापना

पोखरा, १६ भदौ । नेपालको पहिलो नसिङ अर्वाडको रुपमा स्व. सार्विती योगी नर्सिङ अवार्ड को स्थापना भएको छ । नेपालगञ्जमा जन्मीएर नसिङ क्षेत्रमा लामो समय योगदान गरेकी स्व.योगीको स्मृतिमा उहाँका श्रीमान पिरती हिराचन र छोराहरु गौरव र सौरव हिराचनले १ लाख २५ हजार को अक्षयकोष स्थापना गरि अवार्डको स्थापना गर्नुभएको हो ।

लायन्स क्लव अफ पोखरा डेस्टिनेशनको संरक्षणमा स्थापित उक्त अवार्डवाट हरेक वर्ष नर्सिङ क्षेत्रमा उल्लेख्नीय योगदान पुराउने एक जना नर्सलाई सम्मान गरिने क्लवका अध्यक्ष जीता वरालले आज पोखरामा आयोजित अवार्ड स्थापना र वितरण कार्यक्रममा जानकारी दिनुभयो ।
यसै विच आज आयोजित कार्यक्रममा स्व सार्विती योगी नर्सिङ अवार्ड २०१७ वाट फेवासिटि हस्पिटलमा कार्यरत नर्स रोजी खातुनलाई सम्मान गरिएको छ । खातुनलाई खादा ओढाई सम्मान पत्र र नगद रु ८ हजार प्रदान गरि सम्मान गरिएको थियो ।

साथै सोहि अवसरमा पोखराका विभिन्न अस्पतालमा कार्यरत नर्सहरु र नसिङ क्षेत्रमा लामो समय सेवा गरिरहेका सिनियर नर्सहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि रोकाले अग्रजलाई सम्मान गर्दे उनिहरुका राम्रा कुराहरुलाई अनुसरण गर्न नर्सिंङ पढदै गरेका विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

क्लवका अध्यक्ष जीता वरालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सञ्चारकर्मी ऋषि खतिवडाले गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top