फेसबुक र इन्स्टाग्राम एक्कासी बन्द भएपछि..

विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया प्लेटर्फम फेसबुकको साइट शनिवार केही समयका लागि डाउन भयो । फेसबुक सँगै इन्स्टाग्राम पनि केहीबेर चलेन ।

प्रयोगकर्ताहरुका अनुसार न्यूज फिडमा केही कुरा पोष्ट गर्न लाग्दा फेसबुकले एरर देखाइरहेको थियो । डेस्कटप र मोबाइल दुबै प्रयोगकर्ताले यो समस्या भोगेका थिए ।

फेसबुकको एपबाट कुनै कुरा पोष्ट गर्दा We are unable to post your update भन्ने मेसेज आयो । लगत्तैEdit Post / Report a Problem भन्ने दुई options देखा पर्थे ।

त्यस्तै डेस्कटपबाट फेसबुकको न्युजफिडमा केही कुरा पोष्ट गर्न लाग्दा “There was a problem updating your status, Please try again in a few minutes” भन्ने सन्देश देखा पर्यो ।

कतिपय प्रयोगकर्ताले लाइक र कमेन्ट गर्नमा पनि समस्या आएको गुनासो गरे भने कतिपयले फेसबुक लगइन गर्नमा समेत नसकिएको बताए ।

फेसबुक र इन्स्टाग्राममा के कारणले गर्दा समस्या आएको भन्ने चाही खुलेको छैन । समाचार अनुासर अमेरिका र बेलायतमा समेत फेसबुकको साइट केहीबेर डाउन भएको थियो । अष्ट्रेलिया, जापान, दक्षिण पूर्वी एसिया लगायतका क्षेत्र पनि प्रभावित भए ।

प्रयोगकर्ताका अनुसार फेसबुकको स्वामित्व रहेको फोटो शेयरिङ एप इन्स्टाग्राम पनि केहीबेर चलेन । प्रयोगकर्ताले इन्स्टाग्राम अकाउन्ट लगइन नै गर्न नसकिएको बताए ।

बेलायत, अमेरिका, इण्डोनेसिया, मलेसिया तथा दक्षिण एसियाका प्रयोगकर्ताले यो समस्या भोग्नुपर्‍यो । कतिपय इन्स्टाग्राम प्रयोगकर्ताले आफ्नो फिड रिफ्रेस गर्नमा समेत समस्या आएको गुनासो गरे भने कतिपयले लाइक र कमेन्ट गर्न नसकिएको बताए । इन्स्टाग्राममा फोटो पोष्ट गर्ने प्रयास गर्दा ‘Photo wasn’t posted’  भन्ने सन्देश आएको थियो ।

एजेन्सी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित