साझा प्रकाशनमा बेथिति, कारबाही गर्न मन्त्री किन गर्दै छन् आलटाल ?

काठमाडौं, १४ भदौ । उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले अनियमितताको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेका छन् ।

मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकाल नेतृत्वको गठित छानबिन समितिले एक साताअघि अध्यक्ष शर्मा र सञ्चालक समितिलाई हटाउनुपर्ने सिफारिससहितको प्रतिवेदन श्रेष्ठलाई बुझाएको थियो ।

तर, समितिले दिएको सुझाव अझै कार्यान्वयन भएको छैन । मन्त्रालय स्रोतका अनुसार प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीले नै आलटाल गरिरहेका छन् । नागरिक दैनिकमा खबर छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित