अब दूरसञ्चार सेवाका पूर्वाधार पनि भाडामा 

९ भदौ, काठमाडौं । निजी मात्र होइन, सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले पनि देशभर राम्रो सेवा दिन सकेका छैनन् । यसको कारणका रुपमा पूर्वाधार निर्माण गर्नुपर्ने ठूलो लगानी मानिएको छ ।

तर, सरकारले अब फोनको बीटीएस टावर, इन्टरनेट सेवाको अप्टिकल फाइबर लगायतका पूर्वाधार निर्माण गरी भाडामा लगाउन विदेशी कम्पनी भित्र्याउने तयारी थालेको छ ।

यो नियमावली लागू भएमा दूरसञ्चारका पूर्वाधार निर्माण गर्ने कम्पनीले लाइसेन्स पाउनेछन् । ‘सञ्चार मन्त्रालयमार्फत पठाएको दूरसञ्चार पूर्वाधार कम्पनी नियमावली मन्त्रिपरिषदमा पुगेको छ । यो पास भएपछि हामील थप कानुनी व्यवस्थाहरु गर्दै सूचना निकालेर कम्पनीहरुलाई यहाँ लगानी ल्याउन आह्वान गर्छौं’ दूरसञ्चार प्राधिकरणका बरिष्ठ निर्देशक आनन्दराज खनालले भने ।यसका लागि दूरसञ्चार पूर्वाधार कम्पनीको नियमावलीको मस्यौदा तयार भएको छ । यो नियमावली पूर्वाधार समिति हुँदै मन्त्रिपरिषदले पास गरेपछि लागू हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित