कसमसमा स्पेलिङ वि प्रतियोगिता सम्पन्न

पोखरा, ७ भदौ । कसमस इन्टरनेशनल कलेजको आयोजनामा अतिरिक्त कार्यक्रम अन्तर्गत विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउन विद्यार्थीहरुको बिच स्पेलिङ वि प्रतियोगिता सम्पन्न भएको छ ।

करिव ७५ जना विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा व्यवस्थापन संकाय प्रथम वर्षका छात्र शुसिल थापाले प्रथम स्थान, दोश्रो वर्षमा अध्ययनरत लक्ष्मी गुरुङ्गले दोश्रो स्थान, राहुल पाईजाले तेश्रो स्थान र सोनी थापाले चौथो स्थान हासिल गर्न सफल भएका थिए ।

उक्त कार्यक्रमलाई शिक्षकहरु वेदनाथ शर्मा, प्रदिप कुमार लम्साल र दिनेश थापाले सञ्चालन गरेका थिए । विजयी प्रतियोगी लाई कलेजका कार्यकारी निर्देशक तेज गुरुङ्गले बधाई ज्ञापन गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top