ऐतिहासिक बाटुलेचौर तीजमेला जारी, अन्तर विद्यालय स्तरीय लोकनृत्यमा प्रगती प्रथम

पोखरा ७ भदौ । बाटुलेचौरमा जारी ऐतिहासिक तीजमेलामा अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

पोखराका विभिन्न १९ वटा विद्यालयले भाग लिएको प्रतियोगितामा प्रगति इङ्लिस बाोर्डिङ स्कुल प्रथम, बेसलाइन मावि द्धितिय र कास्की मोर्डनाइज तृतीय भएका छन् । प्रथम पुरस्कार रु. ८०००, द्धितीय पुरस्कार रु.६०००र तृतीय पुरस्कार रु. ४००० र सहभागी विद्यालयलाई मायाको चिनो सहित प्रमाण पत्र र नगद १हजार रुपैया प्रदान गरिएको क्लवका सचिव मोहन थापाले जानकारी दिएका छन् ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै एन्फाका केन्द्रिय उपमहासचिव एवं पर्यटन व्यवसायी गणेश बहादुर भट्टराइले लोकसँस्कृतिको जर्गेना र प्रचारले मात्रै पर्यटन क्षेत्र फष्टाउने बताउनुभयो । मेला मूल व्यवस्थापन समितिका संयोजक बेनीबहादुर बस्नेत अध्यक्षतामा भएको कार्यक्रमा सह–संयोजक जगन्नाथ तिमिल्सिना क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठ, सचिव मोहन थापा, सह–सचिव बैकुण्ठ पौडेल लगायतले साँस्कृतिक जर्गेनाका लागि आफूहरुले मेलालाई निरन्तरता दिएको बताएका छन् कार्यक्रममा लोक गायक तारापति सुवेदी, घानश्याम रिजाल, तुलसा जि.सी. मञ्जु वि.क. लगायतले तीज भाका प्रस्तुत गरी दर्शकलाई नचाएका थिए ।

मेला हेर्न कार्यक्रम स्थलमा पोखरा सहित गाउँ गाउँबाट दर्शकहरु आईरिएको प्रचार प्रसार संयोजक शिवराज देवकोटाले जानकारी दिनुभयो । मेलामा आयोजित ह्याण्डबल प्रतियोगिताका विभिन्न खेलहरु पनि सम्पन्न भएका छन् । मेलामा बुधबार मूल उद्घाटन सहित विभिन्न श्रष्टा र संस्थालाई सम्मान गरिने बताईएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top