‘साहो’का लागी बलीउडका तीन भिलेन छनोटमा

लामो समयदेखि फिल्मकी हिरोइनलाई लिएर विभिन्न अडकल काटिएको फिल्म साहोका लागी अब चर्चा छ बलीउड अभिनेत्री श्रद्धा कपूरको। तर, फिल्मका लागि फाइनल भएकी नायिका श्रद्धा कपूरको नाम सुनेर खुशी हुने भन्दा आलोचना गर्ने अहिले धेरै छन् ।
अब यो फिल्मको स्टार-कास्टसँग जोडिएको अर्को एक नाम बाहिर आएको छ । त्यो नाम हो ज्याकी श्राफ ।  ज्याकी श्राफले यो फिल्ममा भिलेनको भूमिका निर्वाहा गर्ने भएका छन् । सुत्रको खबरलाई आधार मान्ने हो भने ज्याकीका अलावा चंकी पाण्डे र नील नितिन मुकेशले पनि फिल्ममा भिलेनको भूमिका निर्वाहा गर्दैछन् । यसको मतलब फिल्म  ‘साहो’ मा बलीउडका तीन कलाकारले भिलेनको भूमिका निर्वाहा गर्नेछन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top