मोती जयन्तीको अवसरमा शुक्लागण्डकी एफ.एम.को खुल्ला गजल वाचन प्रतियोगिता सम्पन्न

साहित्य मानिसको अभिन्न पाटोः साहित्यकार बाबा
तनहुँ, ६ भदौ । मोती जयन्तीको अवसरमा शुक्लागण्डकी एफ.एम. र शुक्ला साहित्य संगम, तनहुँको आयोजनामा भएको खुल्ला वाचन प्रतियोगितामा अन्जान यात्री प्रथम हुन सफल हुनुभएको छ । प्रतियोगितामा तोया गैह्रे निर्दोष द्धितीय हुनुभएको छ । साथै दीपक त्रिपाठी तृतीय हुन सफल हुनुभयो । प्रतियोगितामा सान्त्वन्ना शान्ता बास्तोला र काजी सुनार हुनुभएको छ ।

प्रथम हुन सफल यात्रीले नगद ५ हजार र प्रमाणपत्र, द्धितीयले नगद ३ हजार र प्रमाणपत्र, तृतीयले नगद १ हजार र सान्त्वनाले नगद ५÷५ सय रुपैया प्राप्त गर्नुभएको छ । विजयी प्रतियोगिलाई प्रमुख अतिथी साहित्यकार दुर्गा बहादुर शाह ‘बाबा’ र रेडियोका अध्यक्ष नारायण श्रेष्ठले नगद प्रदान गर्नुभयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथी साहित्यकार ‘बाबा’ले साहित्य मानिसको अभिन्न पाटो भएको उल्लेख गर्दै सिकाई जीवन भर चलिरहने प्रक्रिया भएको बताउनुभयो । साहित्यकार शेषमणि आचार्यले शुक्लागण्डकी क्षेत्र साहित्यको उर्वर भूमि भएको बताउदै रेडियोले आयोजना गरेको प्रतियोगिताको प्रशंशा गर्नुभयो । साहित्यकार असफल गौतमले राज्यले यथेष्ट मात्रामा साहित्यको क्षेत्रको प्रवद्धन गर्न नसकेको टिप्पपणी गर्नुभयो ।

शुक्लागण्डकी नगरपालिकाका नगर अध्यक्ष खेमराज खनालले रेडियोले छोटो समयमा विभिन्न कार्यक्रम गरि अगाडी बढेको बताउनुभयो । सेती काली साहित्य संगमका अध्यक्ष नारायण कैलाश सिग्देल, रेडियोका स्टेसन मेनेजर राजन उपाध्याय लगायतले बोल्नुभएको थियो ।
शुक्लागण्डकी एफएमका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शुक्लागण्डकी एफएमका उपाध्यक्ष पूर्ण कुमार श्रेष्ठले स्वागत गर्नुभएको थियो । उद्घाटन शत्रको कार्यक्रम रेडियोका सचिव ज्योति श्रेष्ठले गर्नुभएको थियो भने दोस्रो चरणको कार्यक्रम सञ्चालक समितिका सदस्य एवम् कार्यक्रम संयोजक आनन्द सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा २६ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकहरुमा जनार्दन दाहाल र तिर्थमान अथाह सागर रहनुभएको थियो ।

विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनुभएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।
तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफ.एम. गीत संगीत, मनोरञ्जनका साथै सुचना, जानकारी र समाचारको माध्यमबाट यस क्षेत्रको विकासका साथै व्यवसाय र पर्यटन प्रवद्धनमा टेवा पु¥याउने उदेश्यले रेडियो स्थापना गरिएको हो ।

शुक्लागण्डकी नगरपालिका–४ स्थित दुलेगौडाबाट प्रसारण हुने रेडियो तनहुँ, कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, नवलपरासी लगायतका जिल्लामा सुन्न सकिन्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित