कालिका मन्दिरमा तीज गित प्रतियोगिता हुने

पोखरा, ३२ साउन । तीजको अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा न. १०, १५ स्थित कालिका मन्दिर परिसर महिला समूहले खुल्ला तीज गित प्रतियोगिता गर्ने भएको छ।

कालिका मन्दिर सञ्चालक समितिको सहयोगमा भदौ ८ गते बिहीबार रामबजारस्थित कालिका मन्दिर परिषरमा प्रतियोगिता हुनेछ। प्रतियोगितालाई हिम श्री फुड्स प्रा.लिले प्रायोजन गरेको छ। तीजको मौलिक संस्कृति जगेर्ना गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको महिला समूहकी अध्यक्ष माया केसीले जानकारी दिईन्।

कला, धर्म, संस्कृतिको संरक्षण र सम्वद्र्वन, महिलामा निहीन अन्र्तनिहीत प्रतिभा प्रष्फुटन र संघसंस्थावीच भातृत्व विकासका लागि समेत प्रतियोगिता महत्वपूर्ण हुनेछ अध्यक्ष केसीले भनिन् – ‘प्रतियोगिता सफल बनाउँन सबैको सहयोग अपेक्षा गरेका छौ ।’ प्रतियोगितामा पहिलो हुने समूहलाई २५ हजार, दोस्रोलाई १५ हजार, तेस्रोलाई १० हजार र सान्त्वना हुनेलाई पाँच हजार सहित प्रमाण पत्र प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ठ भेषभुषा, उत्कृष्ठ नृत्य(सहभागि) र उत्कृष्ठ नृत्य (दर्शक)लाई एक हजार पाँच सय÷एक हजार पाँच सय प्रदान गरिनेछ। प्रतियोगिता सम्पन्न गर्नका लागि तीन लाख ३० हजार पाँच सय रुपैया खर्च लाग्ने अनुमान गरिएको छ।

कार्यक्रम सम्पन्न गर्नका लागि समाजसेवी सूर्यबहादुर केसीलाई संरक्षक बनाइएको छ। महिला समूहकी अध्यक्ष माया केसीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न उपसमितिहरु गठन गरिएको छ। जुना गुरुङको संयोजकत्वमा आर्थिक, शकुन्तला बरालको संयोजकत्वमा स्वागत सम्मान, मालिका तिम्सिनाको संयोजकत्वमा प्रचार प्रसार, कुमारी गुरुङको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ।

साथै चोकमाया गुरुङको संयोजकत्वमा जलपान, मालिका तिम्सिना(भुषाल)को संयोजकत्वमा टिम दर्ता÷ कार्यक्रम सञ्चालन , सुरज बरालको संयोजकत्वमा सामान खरिद, रानी गुरुङको संयोजकत्वमा खाजा व्यवस्थापन र माधव बरालको संयोजकत्वमा बाद्यवादन उपसमिति गठन गरिएको छ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top