नेपाली सुगम संगीतका तीन लोकप्रिय कलाकार एउटै मन्चमा

भर्जिनिया, ३२ साउन । अमेरिकाको भर्जिनियामा ईनास अमेरिकाको भर्जिनिया राज्यले आयोजना गरेको पहिलो विविध साँस्कृतिक कार्यक्रममा नेपाली सुगम संगीतका ख्याति प्राप्त गायक–गायिकाले एउटै मन्चमा प्रस्तुति दिएका छन् ।

गायक कन्हैया सिंहले ‘तिम्ले भुल्न सकेपनि …’, गायिका अन्जु पन्तले ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई …’ र गायिका अन्जना गुरुङ्ले ‘म त काली सुन्दरी …’ लगायत आ–आफ्ना चर्चित गीत गाएका थिए ।

उक्त कार्यक्रममा कलाकारहरु लक्ष्मण पौडेल, कल्पना पौडेल, रिता श्रेष्ठ, अर्जुन घिमिरे, जेनिशा, मनिशा, पारिजात, सुम्निमा, श्रीयसी र नेपाली फ्युजन ब्याण्डको रोचक प्रस्तुती पनि रहेको थियो ।

ईनासका अध्यक्ष आनन्दु लामा, भर्जिनिया राज्य अध्यक्ष गोबिन्द श्रेष्ठको संयोजनमा भएको उक्त कार्यक्रममा बरिष्ठ गायक मधु छेत्रीले ‘हुरिले उडाउन सकेन …’ गाउनु भएको थियो भने अवैतनिक बाणिज्य दुत एवं वरिष्ठ लोकगायक प्रेमराजा महतले सबै सहभागीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।  – एजेन्सी 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित