गैर आवसिय नेपाली संघ कतारको खुल्ला सदस्यमा लमजुङका बिनोद बसौलाको उमेदवारी

संजय रेग्मी, कतार, ३२ साउन । लमजुङ सेवा समाज कतारका कोषाध्यक्ष बिनोद प्रसाद बसौलाले गैरआवासीय नेपाली संघ कतार को २०१७/१९ कार्यकालको निर्वाचनका लागि खुल्ला सदस्य तर्फ औपचारिक रुप मा उमेदवारी दिनु भएको छ ।

यस अघि उहाँले सह कोषाध्यक्ष पदका लागि उमेदवारी दिने मनासय राखे पनि संस्थाको परिमार्जित विधानको सम्मान गर्दै सोही मूल्य मान्यता लाई आत्मसात गर्दै खुल्ला सदस्यमा उमेदवारि दिनु भएको हो ।

कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक हितका लागि काम गर्ने आफ्नो दृढ इच्छा रहेको  बसौलाले बताउनु भयो ।  उहाँले सबै परिषद सद्स्यहरुको साथ, सहयोग र बिस्वाशकाकै कारण आफु निर्वाचित हुनेमा विश्वस्त रहेको जिकिर गर्नुभयो ।
पदमा रहे पनि नरहे पनि बिगतको जस्तै आगामी दिनमा सस्थाको सम्पूर्ण पदाधिकारी सँग हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हकहितको पक्षमा काम गर्न आफु तयार रहेको उहाको भनाइ छ ।
उहाले हरेक नेपाली श्रमिकको दुख सुखमा साथ दिन सक्ने तर्फ अगाडी बढाउन आफ्नो ठाउँ बाट मह्त्वपूर्ण भूमिका निर्बाह गर्ने प्रतिबद्द्ता गर्दै सम्पूर्ण एन आर एन ए कतारको पंजिकृत सदस्यता लिइ सक्नु भएका सम्पुर्ण नेपालीलाई आगामी एन आर एन ए कतार को नयाँ पदाधिकारी चयनमा आफ्नो पक्षमा मत राखिदिन सम्पुर्णमा अनुरोध समेत गर्नुभएको छ ।
 गैरआवासीय नेपाली संघ कतार को निर्वाचन आगामी सेप्टेम्बर १ तारिख हुँदै छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित