पोखरामा जुवा खेलिरहेका १८ जना पक्राउ, ११ लाख बढी रकम बरामद

समाचारपाटी, पोखरा, ३१ साउन । कास्की प्रहरीले पोखराका २ स्थानबाट जुवा खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखराको रत्नचोकबाट १० जना र महेन्द्रपुलबाट ८ जना पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट ११ लाख २३ हजार २ सय ६० रुपैया बरामद गरेको छ ।

प्रहरीले महेन्द्रपुल स्थित भुपेन्द्र हिराचनको घरको पाँचौ तल्लाबाट ८ जनालाई  ८ बुक तास सहित १० लाख ६५ हजार ६ सय ५० रुपैया बरामद गरेको छ । यस्तै रत्नचोकको भुपु एपिएफ खाजा घरबाट प्रहरीले १० जनालाई ६ बुक तास सहित ५७ हजार ६ सय १० रुपैया बरामद गरेको प्रहरीले जनाएको छ ।

महेन्द्रपुलबाट पक्राउ पर्नेमा तनहू शुक्लागण्डकी ५ खैरेनिटार बस्ने बर्ष ७६ का ज्वाहारचन, पोखराका १० का ५१ बर्षिय भुपेन्द्र हिराचन,
११ का ४९ बर्षिय भिम बहादुर तिमिल्सेना, ४८ बर्षिइ यज्ञ कुमार गौचन, रामबजारका २८ बर्षिय नविन गौचन, मालेपाटनका ३८ बर्षिय ठाकुर प्रसाद गुरुङ, ३५ बर्षिय संगिता गुरुङ र ३५ बर्षिय कृष्ण कुमारी गुरुङ रहेको कास्की प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनुभयो ।
यस्तै रत्नचोकबाट पोखरा ७ रत्नचोकका ३८ बर्षिय अर्जुन घर्ती, ३६ बर्षिय विनोद थापा, ३८ बर्षिय होत बहादुर खत्री, पोखरा ८ सृजनाचोकका २८ वर्षिय दिनेश कार्की, गैह्रपाटनका २५ बर्षिय चन्द्र नेपाली, ५२ बर्षिय नारायण पोख्रेल, ५२ बर्षिय ईश्वर थापा, रत्नचोकका ४० बर्षिय खुम गुरुङ, ४९ बर्षिय गगन बस्नेत, ४२ बर्षिय ललन गुप्ता लाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक खत्रीले जानकारी दिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top