पोखराको रत्न मन्दिरमा सैनिकद्वारा सहकर्मीको गोली हानी हत्या

पोखरा, ३१ साउन । पोखरामा फेवाताल किनारको तत्कालिन राजपरिवारको (हाल नेपाल सरकारको) रत्न मन्दिरको सुरक्षार्थ खटिएका एक सैनिकले आफ्ना सहकर्मीको गोली हानी हत्या गरेका छन ।

दार्चुला घर भई प्युठ पदमा कार्यरत बसन्त लोहारले बैतडी घर भएका गणेश विष्टको सोमबार राति हत्या गरेको उच्च सुरक्षा स्रोतले जनाएको छ ।

‘आपसी मनमुटावका कारण गोली हानेको प्रारम्भिक रुपमा देखिएको छ,’ स्रोतले भन्यो, ‘सबै विवरण आईसकेको छैन ।’ गोली हान्ने लोहार सैनिक नियन्त्रणमा छन् भने मृतकको शव अस्पताल लगिए पनि कुन अस्पताल भन्ने खुलेको छैन ।

यहाँको फुलबारीस्थित सिद्धिबक्स गणबाट रत्न मन्दिरको सुरक्षा हुँदै आएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

स्रोत: इकान्तिपुर 
तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top