यसरी हुन्छ कास्कीकोटमा दहिको होली

ठाकुर प्रसाद त्रिपाठी, होलीमा नाना रङ घसेर रङ्गियको तमसा खेलेको त सबैले देखेर सहभागीबनेका छौ । तर दहीको होलीले छेपा छेप  गरेर सेताम्मे चिनिन नसकिने जात्राहुन्छ भन्ने कुरा अचम्म लाग्न सक्छ । सायद कृष्ण चरित्रमा गोकुलमा भए जस्तै  त्यो कास्कीकोट मा  पनि हुन्छ । चौविसे राज्यको शक्तिशाली मानीने प्राचिन कास्की राज्यमा  सत्यकोपक्ष मा शतिसाल झै उभिने प्रवृतीको विकास गर्न कुलमण्डल शाहा  (खाण) का जिजु धर्मदेव खाणले विषेश निरन्तरता दिए । सदियौ वर्ष पुरानो  श्रीकृष्ण जन्माअष्टमी तथा दहि जात्रा कास्कीकोटमा आजसम्म पनि  उस्तै उत्सवको रुपमा मनाइन्छ ।

पोखरा लेखनाथ २४ साबिक कास्कीकोट मा श्रीकृष्ण जन्मोत्सबको उपलक्ष्यमा यहाँघरघर बाट दही ल्यायर देवदेबीलाई बिधिवत चढायपछी दहीको होली अथवा दहीजात्राको प्रारम्भ हुन्छ  । गाउमा सप्तमीको रातको दुध लाई शुद्ध गरी राखेर अष्टमीको रात श्रीकृष्णलाई घर घरमा अपर्ण गरी नवमीको विहान मौला भारदारी चौतारामा जम्मा गरीन्छ । श्रीकृष्ण गोकुलमा जन्मेको खुशीयालीमा गोप बासी हरुलेगरेको उत्सवलाई मुर्तरुप दिदै कास्कीकोटका स्थानीय वासीन्दाले हर्ष उल्लासका साथ   प्राचिन  शक्ति पिठ गुप्तकालीका योगमाया स्वरुपाको पुजा आर्धना गर्दे दहि छेप्ने कार्य प्रारम्भ हुन्छ । राजा धर्मदेव खाणले  दही जम्मा गर्नको लगी भनेर तामागी सिधानेमा त्यहाका गुरुङ जातीलाई लेकमा खर्क बृताको ब्यवस्था गरेको इतिहासमा पाइन्छ  ।
वि.स २०२२ साल भन्दा अगाडी सम्म निकै टाढा बाट यहाँ दही लियर जात्रा भर्न आउदथे । मुखिया चलन को अन्त पछी बिस्तारै अली टाढा बाट दही आउदैन । जात्रा भर्न भने आउनेको संख्या राम्रै हुन्छ ।वरपरका दुध भएका गाँउघरबाट दही प्रत्येकले ल्याउदछन् । बर्तालु रातभर जागा भयर श्रीकृष्णको पुजा गरेका भक्तालुहरुको राम्रो उपस्थीती हुन्छ । अन्यत्र ठाउका भन्दा यहाँको बिशेषता अली फरक छ किनभनेअरुठाँउमा श्रीकृष्णको रात्री पुजन नगरी यानेकी श्रीकृष्णको जन्म नहुदै रथ चलाउनेचलन छ । तर यहाँ अष्टमीको भोली पल्ट मात्र गरिन्छ । यो धार्मिक परम्परा अनुकुल अति सभ्य मानिन्छ । किनकी जन्म नहुदै यात्रा गर्नु उत्सब गर्नु त्येती सान्र्दभिक नहुने र जन्म पश्चात रथ यात्रा दहीजात्रा गरिने सान्दर्भिक मानिन्छ ।

अतः यहाँ भारदारीचौतारा मौलामा बिहानै देखी वरपरबाट गाउँलेहरु दही जम्मा  गर्दछन् । दही जम्मासकिएपछी पुजारी बर्गले बिधिवत भगवानको प्रति रुप पिपलको रुखमा पुजा गरिन्छ ।त्यस पछी गोकुलको स्वरुप मानी ३०० बर्ष पुरानु मौला चौताराको चाँपको रुखमा श्रीकृष्ण गणको पुजा गरिन्छ । त्यसपछी बायव्यकोणको शिलामा गुप्तकाली लगायत स्थापित देबदेबीको पुजा दही चडाउने काम सकियपछी पण्डीतहरुले रथमा रहेका श्रीकृष्णलाई दही अर्पण गरेपछी दही जात्रा सुरु हुन्छ । आफुले चढायको दही पुजारी सँगहुन्छ कति दही आफै सँग राखेर दही जात्रा गर्न थाल्दछन् । लाग्दछ मानौ गोपाल र गोपीनीयही छन् ।

श्रीकृष्णको रथारोहण भैसकेको हुन्छ । नौमती बाजा मंगलधुनका साथ बजाइन्छ खैजडी र मुजुराको तालमा भजन चुड्का टोली टोलीमा जम्न थाल्दछ । गाँउगाँउ बाटआएका भक्तहरु श्रीकृष्ण लिला सम्बन्धी भजन र चुड्का हरुगाउदै नाच्दै रमियरदही एकआपसमा छ्याप्दै अनुप आनन्द लिन्छन् । बिभिन्न भेषभुषा र शैलीमा रथयात्रामासहभागी हुनपाउदा आफुलाई अलौकिक आनन्द भयको महशुस गर्दछन् । स्वस्ती वाचन पछी रथ यात्रा सुरु हुन्छ । अगाडी नौमती बाजाको धुन बिचमा श्रीकृष्ण रथ त्यसपछी भजन चुड्का महिला तथा पुरुष समुह हरु एक आपसमा दही छ्याप्दै रथ यात्रा सुरु हुन्छ । रथ भद्रकालीमन्दिर कश्यप ताल मनोकान्क्षी मन्दीर ढोकाकोमुख बाँसपानीकाली मान्दे्रढुङ्गा मन्दिर परीक्रमा गरी पुन रथ पश्चीम तिर ल्याईन्छ । भजन चुड्का बिभिन्न ख्याली एकआपसमा दहीको होलीनै गर्दै नाच्दै गाउदै पुन फक्रियर जालापा देउराली बाट मौलामाल्याई रथ बिर्सजन गरीन्छ ।

यसरी रथयात्रा गर्दा दहीको छिटामात्र शरिरमा परेमा पनी पबित्र भयकोधार्मिक बिष्वाश गरिन्छ ,। यसरी बर्षमा एकपटक शरिरलाई दही स्नान गराउनु बैज्ञानिकदृष्टीले समेत राम्रो मानिन्छ ।त्यसैले मौलिक पहिचानहुने संस्कृतीको रक्षार्थ यस पटकपोखरा लेखनाथ २४ नेपालको ऐतिहासि ठाँउ जाने की ? यस पटकको दही जात्रा श्रावण३१ गते परेको दहिको होली खेल्न जाउहै कास्कीकोट ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा samacharpati@gmail.com मा पठाउनुहोला ।



प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित