गजल, गुञ्जयमान भइदिन्छ

गजल, पूर्णिमा प्रतिबिम्ब

कानमा रुखो वचन गुञ्जयमान भइदिन्छ

दूरी बढ्यो झन्, झन गुन्जयमान भइदिन्छ

 

सँगै जिउँला मरौँला कसम खाइ भन्थेउ

त्यहि तिम्रो कथन गुन्जयमान भइदिन्छ

 

पैसासगँ माया तौलिन्छ यो युगको मान्छे

र धोकाकै वजन गुन्जयमान भइदिन्छ

 

संगत गर्नु राम्रोको, सत्मार्गमा हिँड्नु सँधै

आमाको त्यो दर्शन गुन्जयमान भइदिन्छ

 

‘प्रतिबिम्ब’ जिन्दगीको तिमलाई मानेदेखि

फुट्यो भाग्य दर्पन गुन्जयमान भइदिन्छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित