नेस्याङ गाउँपालिकाको बजेट रु १७ करोड

मनाङ, २६ साउन । नेस्याङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि रु १७ करोड १३ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ ।

पहिलो गाउँपालिका भेलाबाट उपाध्यक्ष मेङ्खु गुरुङले कृषि, जडीबुटी, पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट प्रतुत गर्नुभएको हो । पुँजीतर्फ रु एक करोड ८९ लाख २५ हजार र चालुतर्फ रु पाँच करोड १२ लाख ८० हजार बजेट रहेको छ ।

सशर्त अनुदानमा रु ६ करोड १० लाख ७१ हजार, सामानीकरण अनुदानमा रु १० करोड बजेट रहेको उपाध्यक्ष गुरुङले बताउनुभयो । शिक्षामा रु १६ लाख ५० हजार, स्वास्थ्यमा रु ३४ लाख ३१ हजार, सामाजिक विकासमा रु ८४ लाख ५० र आर्थिक विकासमा रु ४८ लाख २५ हजार विनियोजन गरिएको छ । पूर्वाधार विकासमा रु एक करोड ८९ लाख २५ हजार तथा विपद् व्यवस्थापनमा रु ५६ लाख तीन हजार बजेट विनियोजन गरिएको छ ।

संस्थागत विकास तथा सेवा प्रवाह सुशासनतर्फ रु ९४ लाख ४६ हजार, सेवा र क्षमता विकासमा रु ३८ लाख ८१ हजार, बाटो तथा सडक मर्मतमा रु एक करोड १३ लाख ५० हजा र सिँचाइ तथा खानेपानीमा रु २४ लाख ७५ हजार विनियोजन गरिएको छ । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल यसै गाउँपालिकामा पर्ने हुनाले यसको संरक्षणलाई विशेष ध्यान दिएको बजेट ल्याइएको उपाध्यक्ष गुरुङले बताउनुभयो । रासस

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top